२०८१ असार ८ गते शुक्रवार

प्रदेश १ को नयाँ मुख्यमन्त्री भीम आचार्यले शपथ लिए

बिराटनगगर, भदौ १० । प्रदेश १ को नयाँ मुख्यमन्त्रीका रुपमा भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन । आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्रीको शपथ गराएका हुन ।

नेकपा एमालेका सचिव समेत रहेका आचार्य बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका थिए ।
आचार्यलाई हालका मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको हो। आचार्य दलको नेता चयन भएपछि राईले बिहीबार नै पदबाट राजीनामा दिएका हुन ।
आचार्यले यसअघि शेरधन राईसँग एमाले संसदीय दलमा प्रतिष्पर्धा गरेर हारेका थिए। यसैबीच राईले पार्टी एकतालाई बचाउन आँफुले पदबाट राजीनामा दिएको बताएका छन् ।
पत्रकारसंग राईले पार्टी एकताको कुरालाई केन्द्रमा राखेर आफुले राजीनामा दिएको बताए ।

यसैबीच एमाले विभाजनपछि प्रदेश १ को संसदीय दलको बैठक पहिलो पटक बसेको छ । माधव कुमार नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि आचार्यलाई बिहीबार नै मुख्यमन्त्री बनाइएको हो ।

माधव नेपाल समूहमा प्रदेश १ का १५ सांसद रहेको उक्त समूहको दाबी छ। आचार्यलाई मुख्यमन्त्री बनाउँदा त्यसको ठूलो संख्या आफूले एमालेमै राख्ने आचार्यले दाबी गर्दै आएका छन ।

फागुन २३ को सर्वोच्चको फैसलाले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा पुगाएको थियो ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *