२०७७ फाल्गुन २१ गते शुक्रवार

आइतवार तुलसीपुरमा आर्थिक विकास सम्मेलन हुँदै

तुलसीपुर, १४ पुस । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय तहमा आर्थिक विकासको सम्भावना पहिल्याउनका लागि आइतवार आर्थिक विकास सम्मेलन गर्दैछ । सम्मेलनमा विभिन्न विज्ञहरुले तुलसीपुरको आर्थिक सम्भावनाका वारेमा विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नगर प्रमुख घनश्याम पाण्डेले वताए । नगरप्रमुख पाण्डेले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई लिएर आयोजना गरिएको सम्मेलनमा आर्थिक विकासका सम्भावना पहिल्याएर तुलसीपुर आर्थिक विकास घोषणा पत्र समेत सार्वजनिक गरिने जानकारी दिए ।

तुलसीपुरको विएसएस पाटी प्यालेसमा आयोजना हुने कार्यक्रममा मुख्यमन्त्री शंकर पोख्रेलले स्थानीय तहको आर्थिक विकासका लागि प्रदेश सरकारको भुमिका विषयमा अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै ५ नम्वर प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले प्रदेश सरकारको स्थानीय आर्थिक विकास सम्वन्धि रणनीति र सोचबारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने स्थानीय तहका विज्ञ वावुराम रानाभाटले तुलसीपुरको आर्थिक विकासका सम्भावना र रणनीति बारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

आर्थिक विकासमा लगानी व्यवस्थापनका सम्भावना वारे विज्ञ विष्णु पुरीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले स्थानीय आर्थिक विकासको अवधारणाका वारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रम विहान १० वजेदेखि सुरु हुने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७५ पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *