२०८१ असार ३ गते आइतवार

चक्कु प्रहार गर्ने रोका पक्राउ

घोराही, भदौ ९ । चक्कु प्रहार गरेको अभियोगमा घोराही ७ सौडियारका २९ बर्षीय पदम रोका पक्राउ परेका छन् ।

रोकाले सोही ठाउँका रबिन बिकलाई सामान्ने बिबादको क्रममा मंगलबार बेलुका चक्कु प्रहार गरी गम्भिर घाइते तुल्याएका थिए ।

घाइते बिकको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । जिल्ला प्रहरी प्रबक्ता तथा डिएसपी मुकुन्द रिजालले चक्कु प्रहार रोकालाई नियन्त्रणमा लिइ सकेको जानकारी दिए ।

रोका विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरि म्याद थप भइ सकेको रिजाललले बताए । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *