२०८२ कार्तिक २१ गते शुक्रवार

ठाकुर नेतृत्वको नयाँ पार्टी ‘लोसपा’ दर्ता

काठमाडौं, भदौ ९ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद र केन्द्रीय सदस्यले पनि नयाँ पार्टी दर्ताका लागि सनाखत गरेका छन् ।

जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न संघीय संसदका १४ जना सांसदले निर्वाचन आयोगमा सनाखत गरेको निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ ।

नयाँ दर्ता गर्न भन्दै प्रतिनिधि र राष्ट्रिय सभाका १४ सांसदले सनाखत गरेका छन् । जसपाका प्रतिनिधि सभामा ३४ र राष्ट्रिय सभामा तीन जना सांसद छन्। तीमध्ये दुई जना निलम्बनमा परेका छन् ।

निलम्बित सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएको ठाकुर समुहले बताएको छ । चौधरीसहित प्रतिनिधि सभाका १४ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेका छन् ।

हालसालै जारी भएको अध्यादेशअनुसार कुनै दल विभाजन हुन केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत बहुमत पुग्ने व्यवस्था छ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *