२०८१ असार ८ गते शुक्रवार

माओबादी प्रबक्तामा महरा,जनार्दन संगठन विभाग प्रमुख

काठमाडौं, भदौ ९ । पूर्व सभामुख कृष्णबहादुर महरा नेकपा माओवादी केन्द्रको प्रवक्ता भएका छन् ।

दाङको निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महरालाई माओबादी पार्टीले प्रबक्ताको जिम्मेवारी प्रदान गरेको हो ।

महरालाई पार्टीले प्रचार तथा प्रकाशन विभाग प्रमुख र राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारीलाई समेत प्रदान गरिएको छ । यसअघि पार्टी प्रबक्ता पम्फा भुसाल थिइन ।

प्रचण्डले जारी गरेको परिपत्र अनुसार पार्टीको अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, संगठन विभाग प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, विदेश मामला विभागमा सुरेन्द्र कार्कीलाई जिम्मेवारी तोकिएको छ ।

माओवादीले विशेष समिति ईञ्चार्जमा लिलामणि पोखरेल र अध्यक्षमा लेखनाथ न्यौपानेलाई तोकेको छ। त्यस्तै प्रवास समिति ईञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै स्कुल विभाग ईञ्चार्जमा प्रचण्ड र प्रमुखमा गिरिराजमणि पोखरेललाई तोकिएको छ ।

स्वास्थ्य विभागमा कल्पना धमला,सहरी विकास विभागमा देवेन्द्र पौडेल, स्थानीय तह विभागमा उर्मिला अर्याल र भौतिक पूर्वाधार विभागमा हरि अधिकारी प्रमुख तोकिएको छ ।

त्यस्तै नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा रामचन्द्र झाँ, वन तथा वातावरण विभागमा शक्ति बस्नेतलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।

लुम्बिनीको इञ्चार्जमा बलदेव र अध्यक्ष घर्ती

माओवादीले प्रदेश समिति, पार्टी विभाग, जिल्ला ईञ्चार्जहरूसमेत तोकेको छ। प्रदेश नम्बर १ मा सुरेन्द्र कार्की ईञ्चार्ज र अध्यक्ष सुरेन्द्रकुमार राईलाई जिम्मेवारी तोकिएको छ ।

प्रदेश नम्बर २ को ईञ्चार्जमा गणेश शाहलाई तोकिएको भएपनि त्यहाँ अध्यक्ष तोक्न बाँकी छ। त्यस्तै बागमती प्रदेशको ईञ्चार्जमा हितमान शाक्य र अध्यक्षमा नारायण दाहाललाई जिम्मेवारी प्रदान गरिएको छ ।

गण्डकी प्रदेश ईञ्चार्जमा हितराज पाण्डे र अध्यक्षमा हरि अधिकारीलाई तोकिएको छ। लुम्बिनी प्रदेशको ईञ्चार्जमा चक्रपाणी खनाल बलदेव र अध्यक्षको जिम्मेवारी ओनसरी घर्तीलाई प्रदान गरिएको छ ।

त्यस्तै कर्णालीमा ईञ्चार्ज शक्ति बस्नेत र अध्यक्ष राजकुमार शर्मालाई बनाइएको छ । सुदूरपश्चिम प्रदेश ईञ्चार्जमा खगराज भट्टलाई बनाइएको भएपनि यहाँ अध्यक्ष तोक्न बाँकी नै रहेको छ । अधिकांश प्रदेशमा सचिव चयन गर्न बाँकी छ ।

माओवादीले जिल्ला समन्वय समितिका ईञ्चार्जहरु पनि चयन गरेको छ । उपत्यका विशेष समिति पनि निर्माण गरेको छ ।

गत फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीको फैसलाले ती पार्टीहरु पूर्वबत अवस्थामा पुगेका थिए ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *