२०८१ चैत्र १३ गते बुधवार

खोलाले बगाउँदा एक जनाको ज्यान गयो

सल्यान,भदौ ८ । सल्यानमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ ।

मर्मखोलाले बगाउँदा कुमाख गाउँपालिका–४ का ५१ वर्षीय लीलाधर शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

घरबाट रागेचौरतर्फ जाँदै गर्दा आज बिहान मर्मखोलामा बगेर शर्मा बेपत्ता भएका भएका हुन ।

प्रहरी र स्थानीयको सहयोगमा उहाँको शव कुमाख गाउँपालिका–२ शान्ति बजारमा खोलाको किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *