तुलसीपुर, भदौ ७ । जिल्ला प्रहरी कार्यालय दाङले कतब्र्य ज्यान मुद्दाका फरार अभियुक्तलाई गोर्खाबाट पक्राउ पछि सोमबार सार्वजनिक सार्वजनिक गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं.४ का ३७ बर्षीय प्रकाश नेपाली पक्राउ परेका छन् ।
नेपाली बिरुद्ध २०६२/०८/१५ गतेका दिन घोराही ४ कै डम्बर बुढाथोकीलाई कुटपिट गरि हत्या गरेको अभियोग थियो ।
उक्त मुद्दामा उच्च अदालत तुलसीपुरले २०६७ साल असार २७ गते नेपालीलाई दोषी ठहर गर्दै ८ बर्ष कैदको फैसला सुनाएको थियो ।
त्यसयता फरार रहँदै आएका नेपालीलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय गोर्खाको समन्वयमा गोर्खाको अजिरकोट गाउँपालिका वडा नं.५ झ्याल्या भन्ने ठाउँमा लुकिछिपी बसेको अवस्थामा भदौ ४ गते नियन्त्रणमा लिन सफल भएको थियो ।
पक्राउ पछि नेपालीलाई सोमरबार जिल्लामा ल्याइ प्रहरीले अदालतमा बुझाएको छ ।
अदालतको आदेशका आधारमा उनलाई आवश्यक सजाए भुक्तानीको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।