२०८१ चैत्र १४ गते बिहिवार

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची, एमालेद्वारा संसद् बहिष्कार

बुटवल,भदौ ७ ।  लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधपछि स्थगित भएको बैठक पुन सुरु भएको हो ।

आजको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारी गरेका छन् ।

संसद् सचिवालयले मुख्यमन्त्री केसीले विश्वासको मत लिने कार्यसूची प्रकाशन गरिसकेको छ । एमालेका सांसदले भने बैठक बहिष्कार गरेका छन् ।

एमालेले चुनाव चिन्हबाट निर्वाचित सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न माग राखेको छ । तर, संसद्सचिवालयले कारबाही गर्न नमिल्ने जवाफी पत्र एमालेलाई पठाइसकेको छ ।

एमालेले उनीहरूलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने बताएको छ ।

एमालेका सांसद बैजनाथ चौधरीले भने,पेलेर लैजाने कुरामा सहमती छैन, खेदजनक छ । त्यस्तै एमालेले अवरुद्ध गरिरहे मार्सल लगाएर भए पनि विश्वासको मत लिने तयारी छ ।

 

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *