२०८१ चैत्र १३ गते बुधवार

झापामा आठ महिने बालिकासहित एकै परिवारका तीन जना मृत भेटिए

झापा,भदौ ७ । झापाको कनकाई नगरपालिका–१ मा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जना मृत भेटिएका छन् ।

४० वर्षीय रविन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना र आठ महिनाकी छोरी रुविना मृत भेटिएका नगरपालिकाका उपमेयर मञ्जु दाहाल प्रसाईंले जानकारी दिइन ।

तीनै जनालाई आफ्नै घरभित्र बिहान झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीलाई उदृत गर्दै उपमेयर प्रसाईँले जानकारी दिइन ।

प्रहरीका अनुसार रविनलाई कोरोना भाइरसको सङ्क्रमण भएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *