दाङ,भदौ ४ । दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन ।
दाङको शान्तिनगर गाउँपालिका–४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजो बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिए ।
उनलाई खेतमा काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ। बेपत्ता बमबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार