हापुरे, भदौँ २ । दाङको बबई गाउँपालिकाले मास्क अभियान सुरु गरेको छ ।
गाउँपालिका र ईलाका प्रहरी कार्यालय हापुरेको सयुक्त आयोजनामा हापुरे बजारमा मास्क अभियान सुरु गरिएको हो ।
तेस्रो चरणको कोरोना भिरियन्टको संक्रमणको चर्चा भइरहेको समयमा गाउँपालिकाले मास्क लगाउन अभियान चलाएको हो ।
पालिका अध्यक्ष भुबनेश्वर पौडेल र ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रहरी नायब निरिक्षक केशब रेग्मीको सहभागीतामा मास्क अभियान सञ्चालन गरिएको हो ।
अभियान अन्तर्गत हापुरे बजारमा रहेका स्थानीय, ब्यापारी, बटुवालाई मास्क दिएर मास्क लगाउन सुझाव समेत दिइएको थियो । कोरोना माहामारीको अझै पनि अन्त्य हुन नसकेको भन्दै मास्क लगाउन उत्प्रेरित गर्न अभियान सञ्चालन गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
सरकारले चेतनाका कार्यक्रम अघि सार्ने भन्दै त्यस्ता कार्यलाई स्थानीयले पालना गर्नुपर्ने अध्यक्ष पौडेलले जानकारी दिए । कार्यक्रममा पालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, स्थानीयको समेत सहभागीता रहेको थियो ।