२०८१ असार ८ गते शुक्रवार

भीम रावल, गोकर्ण विष्ट र योगेश भट्टराई माधव नेपालको नयाँ पार्टीमा नजाने

काठमाण्डौ,भदौ २ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका केही स्थायी कमिटी सदस्यहरू नेपालले गठन गर्ने नयाँ पार्टीमा सहभागी नहुने भएका छन्।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै एमालेको नेपाल पक्ष नयाँ पार्टी दर्ताको प्रक्रियामा अघि बढेको छ।

नेपाल पक्षका नेताहरू अहिले बानेश्वरस्थित अर्याल होटलमा भेला भएका छन्। जहाँ नेपाल पक्षका सांसद र केन्द्रीय सदस्यहरू छलफलमा छन्।

नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब प्रस्ताव गरेको छ। प्रस्तावित पार्टीको विधान र संरचना समेत तयार भइसकेको एक केन्द्रीय सदस्यले बताए।

तर, उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई भने नेपालले गठन गर्ने नयाँ पार्टीमा सामेल नहुने भएका छन्।

 

 

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *