बुटवल,भदौ २ । लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै छ।
नवौं अधिवेसन अन्तर्गत मंगलबार बसेको पहिलो बैठक विपक्षीहरुले अवरोध गरेपछि आजसम्मको लागि स्थगित भएको थियो।
दुई जना सांसदलाई आफ्नो पार्टीले कारवाही गरेको र त्यो सुचना प्रदेश सभा बैठकमा जानकारी गराउनुपर्ने माग गर्दै एमालेले प्रदेश सभा बैठक अवरोध गरेको थियो। आजको बैठक पनि अवरोध गर्ने एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए।
तर आजको प्रदेश बैठक अघि मुख्यमन्त्री कुलप्रसाद केशी र विपक्षी एमालेबीच छलफल हुँदै छ। भेटमा एमालेले गरेका २ सांसदलाई कारवाहीको बारेमा छलफल हुँदै छ। ‘हामीलाई मुख्यमन्त्रीले बोलाउनुभएको छ। छलफलका लागि जाँदै आफ्ना कुरा राख्छौं।’ एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले भने ।
एमालेले सुर्य चिन्हबाट चुनाव जितेका विमलाकुमारी खत्री वली र हाल मन्त्री भएका अजय शाहीलाई आफ्नो पार्टीले कारवाही गरेको र कारवाहीको सूचना नदिएसम्म बैठक चल्न नदिने बताएको छ।