२०८१ चैत्र १४ गते बिहिवार

तुलसीपुरमा कुल संक्रमितको सङ्या ४ हजार ३ सय ४७ पुग्यो

संक्रिय संक्रमित ५६ जना
तुलसीपुर,भदौँ २ ।
तुलसीपुरमा हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय ४७ पुगेको छ ।

उपमहानगरपालिका भित्र संक्रमित हुनेमा महिला भन्दा पुरुषको सङ्या बढी छ ।

जसमा पुरुषको सङ्या २ हजार ५ सय २६ छ भने महिलाको संख्या १ हजार ८ सय २१ छ । ती मध्ये ४ हजार १ सय ९८ जना कोरोना मुक्त भईसकेको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । उनका अनुसार तुलसीपुरमा अझै ५६ जना संक्रिय संक्रमित रहेका छन ।

ति मध्ये ३३ जना पुरुष छन भने २३ जना महिला छन । तथ्याङ्क हेर्दा संक्रमितहरु मध्ये हालसम्म १ सय ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ जना पुरुष छन भने ३६ जना महिला छन ।

४७ जना संक्रमित होम आइसोलेशनमा
यसैबिच तुलसीपुरका संक्रमितहरु मध्ये अधिकांस होम आईसोलेसनमा बसेका छन् ।

उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिलम केसीका अनुसार जम्मा संक्रिय संक्रमित ५६ जना मध्ये ४७ जना होम आईसोलेसनमा बसेका छन् ।

त्यस्तै अन्य सक्रिय संक्रमितहरु ४ जना मेट्रो अस्पताल र १ जनाको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भैरहेको छ ।

सबैभन्दा धेरै ३१ देखि ४० बर्षसम्मका प्रभावित
तुलसीपुरमा कोरोना संक्रमित हुनेमा सबैभन्दा बढि ३१ बर्ष देखि ४० वर्ष उमेर समुहका रहेका छन् । कोरोना फोकल पर्सन केसीका अनुसार ३१ बर्ष देखि ४० वर्ष उमेर समुहका १ हजार २ सय ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै २१ वर्ष देखि ३० वर्ष सम्मका १ हजार ७४ जना,४१ देखि ५० वर्षसम्मका ७ सय ८६ जना,५१ देखि ६० वर्ष सम्मका ३ सय ५७ जना,११ देखि २० सम्मका २ सय ६३,७१ देखि ८० वर्षसम्मका १ सय १३ जना,१० वर्ष मुनिका ७६ जना र ८० वर्ष माथीका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबिच तुलसीपुरमा कोरोना संक्रमित हुनेमा सबै भन्दा धेरै समुदाय स्तरका नागरिक रहेका छन् ।

हाल सम्म कोरोना संक्रमित भएका मध्ये समुदाय स्तरका ४ हजार १ सय १९ जना, भारतबाट आएका ८१ जना, नेपाल प्रहरी ३५ जना, स्वास्थ्यकर्मी ३४ जना, कर्मचारी ३२ जना, शिक्षक १८, तेस्रो मुलुकबाट आएका १२ जना,विद्यार्थी ७,जनप्रतिनिधि ६,जना र पत्रकार ३ जना रहेको फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *