बुटवल,भदौँ १ । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभामा निर्मला मुठभरी भट्टराईलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।
यसअघि सांसद कल्पना पाण्डेयले पार्टी निर्णय र ह्वीप उल्लंघन गर्दै शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो ।
पाण्डेयको स्थानमा रुपन्देहीको सियारी गाउँपालिका छपियाकी निर्मलालाई सिफारिस गरेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए ।
पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले सोमबार यसबारे निर्णय गरेको र मंगलबार निर्वाचन आयोगमा पार्टीको सिफारिस दर्ता गरिएको यादवले बताए ।
प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार