२०८१ जेष्ठ ३० गते बुधवार

सांसद बिमला ओली र अजय शाहीलाई पदमुक्त गर्न एमालेको माग

बुटवल, भदौ १ । तत्कालिन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख)बाट निर्वाचित प्रदेश सांसद बिमला ओली खत्री र नवलपरासीको क्षेत्र नं १ (ख) बाट निर्वाचित अजय शाहीलाई पदमुक्त गर्न माग गरेको छ । शाही हाल बिना बिभागिय मन्त्रीपनि हुन ।

ओली अब मन्त्री बन्ने चर्चा चुलिएको छ । शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य पदमा र ओली २०७६ मंसिरमा भएको उपनिर्वाचनका क्रममा निर्वाचित भएका थिए ।

मंगलबार प्रदेश सभामुख पूर्णबहादुर घर्तीलाई एमालेका मुख्यसचेत भुमिश्वर ढकालले एमालेको सुर्य चिन्ह लिएर निर्वाचित शाही र बिमला ओलीलाई कारबाहीको माग गर्दै पत्र बुझाएका हुन ।

ढकालले त्यस क्रममा पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशन विपरित गतिविधि गरेको भन्दै पदमुक्त गर्न माग गरेका छन् ।

ओली र शाहीमाथि पार्टीको नीति निर्देशन नमानेको तथा पार्टीको ह्विप विपरित तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम असफल बनाउन मतदान गरेको भन्दै कारबाहीको माग गरिएको छ ।

शाहीले आफु स्वतन्त्र सांसद भएकोले एमालेको ह्विप नलाग्ने दावी गर्दै आएका छन ।

ओलीले पनि आँफुले तत्कालिन नेकपाको साझा उम्मेदवार भएर निर्वाचन लडेको अदालको आदेश पछि आँफु खुसी माओबादी पार्टी रोजेको हुँदा आँफुलाई एमालेले कारबाही गर्न नपाउने दाबी गर्दै आएकी छन् ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *