२०८१ असार ८ गते शुक्रवार

लागुऔषध र साइबर अपराध बारे सचेतना

घोराही,साउन ३१ । घोराहीमा लागुऔषध र साइबर अपराध विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द दाङको आयोजनामा घोराही उपमहानगरपालिका वडा नम्बर १७ को गैरागाँउमा सचेतना कार्यक्रम आइतबार भएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रम अन्तरगत सचेतना कार्यक्रम गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले लागुऔषध र साइबर क्राईम विरुद्धमा प्रशिक्षण दिएका थिए ।

रिजालले लागुऔषध भनेको के हो ? लागुऔषधको प्रकार, दुव्र्यसनका कारण, यसबाट बच्ने उपायहरु, कानुनी व्यवस्था लगायतका विषयमा प्रकाश पारेका थिए ।
त्यस्तै पछिल्लो समयमा मोबाईल प्रयोगले पारेको सामाजिक असर र कानुनी व्यवस्था लगायतका विषयमा उनले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले समाज सचेत बनाउन यस्ता कार्यक्रमहरु महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । युवा बर्गमा लागुऔषध र साइबर क्रामईमको समस्या देखिएको हुँदा स्वएंम युवा र अभिभावक समेत सचेत हुन आवश्यक रहेको सहभागिहरुको भनाई थियो ।

कार्यक्रममा महिला शान्ति र सुरक्षा कार्यक्रम प्रमुख रमेश केसी, समुदाय साझेदारी कार्यक्रमका इञ्चार्ज दिपक शर्मा, सहभागीहरु अभिभावक सीता शर्मा, बाल क्लबका बन्दना पुन, कल्पना बिकले मनतब्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *