२०८२ बैशाख ११ गते बुधवार

वर्तमान सरकार कम्युनिष्ट सरकार होइनः अध्यक्ष चिरन्जिवी ढकाल

बिष्ण कुमार देवकोटा,
दाङ, पुष १३। विप्लव निकट नपाल कम्युनिष्ट पार्टिको भातृ संगठन अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष चिरन्जिवी ढकालले सरकार पुर्णतः असफल भएको बताएका छन ।

शहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयको शोक सभामा भाग लिन दाङ आएका ढकालले जनताको अधिकार सुनिस्चित गर्न ओली सरकार पुर्णतः असफल भएको बताका हुन् । केन्द्रिय अध्यक्ष ढकालले राजनैतिक कार्यदिशा पुरा नभएको र बिद्रोह आवस्यक रहेको कुरामा जोड दिए ।

बर्तमान शासकीय स्वरुप भ्रस्टाचारी उत्पादन गर्नै कारखाना रहेको भन्दै गाँउगाँउमा सिंहदरबारको जनताले अनुभुति गर्न नसकेको कुरामा जोड दिए ।

दण्डहिनता मौलाएको भन्दै ढकालले निर्मला पन्तको अपराधिलाई अहिले सम्म पत्तालगाउन नसक्नु राज्यको लाचारीपन भएको दावी गरे । भ्रष्टाचार मौलाएको, बेथिति बढेको, अराजकता चरम सिमामा पुगेको भन्दै ढकालले बिद्रोह जनताको अधिकार रहेको बताए ।

बिद्रोहको तयारी स्वरुप आन्तरीक गृहकार्यमा लगेको बताउँदै ढकालले पुनः जनयुद्ध आवस्यक रहेको जीकिर गरे । बर्तमान सरकार कम्युनिस्टको नभएको स्पस्ट पार्दै ढकालले आफुहरु सच्चा कम्युनिस्ट भएको बताए । एक अर्को प्रसंगमा ढकालले राजसंस्था र हिन्दू राज्य फर्काउने कुरा कोरा कल्पना मात्र भएको दावी गरे ।

आफ्नो संगठन बिद्यार्थीहरुको हक हितका लागि क्रियासील रहेको भन्दै पुँजिबादी शिक्षा ले देशको बिकास गर्न नसक्ने दावी गरे ।

प्रकाशित मिति : २०७५ पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *