२०८१ जेष्ठ ३० गते बुधवार

रुपन्देहीमा लागु औषध सहित एक महिला पक्राउ

बुटवल,साउन ३१ । रुपन्देहीमा प्रहरीले लागु पदार्थ कारोबार गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

जिल्लाको रोहिणी गाउँपालिका–३ धकदइ बस्ने सन्ध्या मिश्रलाई लागु औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

लागु पदार्थ कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा बाटोमा हिडिरहेको अवस्थामा शंका लागी चेक जाँच गर्दा सन्ध्याको साथबाट लागु औषध फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए।

उनको साथमा प्लास्टीकको पुरियामा रहेको ६८ थान (७० ग्राम ५ सय मिलिग्राम) ब्राउन सुगर जस्तो धुलो पदार्थ फेला परेकाले पक्राउ गरि अनुसन्धान थालिएको थापाले बताए।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *