काठमाडौं,साउन ३० । नेकपा माओवादी केन्द्रले आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेको छ ।
शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् ।
भदौ मसान्तभित्र पार्टी सदस्यता नविकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वटा सम्मेलन, ३० गते पालिका सम्मेन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।
यस्तै मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार