२०८१ फाल्गुन ७ गते बुधवार

लमहीमा बेवारिसे शव फेला

चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको अनुमान
दाङ, पुस १३ । दाङको लमहीमा एउटा बेवारिसे शव फेला परेको छ । लमही नगरपालिका ५ बसपार्क नजिकै अन्दाजी ४५-४६ बर्षको जस्तो देखिने तराई मुलको जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

ती व्यक्ति शुक्रवार बिहान ७ वजेतिर बेहोस अवस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि अस्पताल पुर्याएको थियो ।
उपचारकै क्रममा ती व्यक्तिको बिहान १० वजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृतकको शवलाई लमही अस्पतालको शव गृहमा राखिएको छ ।

तर स्थानीयहरुले भने ती व्यक्तिले विगत केही दिन देखि सोही स्थानमा सडक पेटीमा रात विताउने गरेको हुँदा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् ।

प्रकाशित मिति : २०७५ पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *