२०८२ कार्तिक २९ गते शनिवार

जुम्लामा भालुको आक्रमणमा परि दुई जना घाइते

जुम्ला,साउन २८ । जुम्ला सदरमुकाममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

चन्दननाथ नगरपालिका कार्कीवाडामा व्यवसाय गर्दै आएका दुई जना भालुको आक्रमणमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार चन्दननाथ नगरपालिका–४ का २९ वर्षीय हिमबहादुर रोकाया र २६ वर्षीया निर्मला थापा रोकायालाई बिहान भालुले आक्रमण गरेको हो।

उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *