विजौरी, पुस १३ ।
नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ जनता विद्यापीठ इकाई समितिमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट तीनबर्षे कार्यकालका लागि निर्विरोध नयाँ समिति चयन भएको हो ।
सभापतिमा शिवप्रसाद न्यौपाने, उपसभापतिमा दुर्गालाल केसी, सचिवमा मोहनलाल पुलामी, उपसचिवमा पुरुषोत्तम आचार्य र कोषाध्यक्ष पर्शुराम चौधरी चयन भएका छन् । सदस्यहरुमा इन्द्रजित सिंह, सुशीलकुमार आचार्य, ढुण्डिराज मरासिनी, रञ्जु शर्मा, श्रीराम थारु र शारदा सुवेदी चयन भएका छन् ।
केन्द्रीय प्रतिनिधिहरुमा डा. गणेश पाण्डेय, योगराज शर्मा, डा. ऋद्धिराज शाह, ध्रुवराज गौतम, रम्भाकुमारी अर्याल र सुधिरकुमार शर्मा चयन भएको निर्वाचन समिति संयोजक बिष्णुबहादुर क्षेत्रीले जानकारी दिएका छन् । निर्वाचन समितिका सदस्यहरु डा. बाबुराम आचार्य र टिकाराम बुढाले नवनिर्वाचित सबैलाई बधाई दिएका थिए ।