
फाइल तस्विर ।
काठमाडौं, साउन २५ । राष्ट्रिय सभा बैठक सुरु भएको छ। बैठकमा सांसदहरुले आ–आफ्नो धारणा व्यक्त गरिरहेका छन्।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले रेल्वे विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन र प्रत्यायन विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यसूची छ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक सेवा प्रसारण विधेयक २०७७ लाई सभामा पेश गर्ने र खाद्य स्वच्छता तथा गुरणस्तर विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तु गर्ने कार्यसूचीमा उल्लेख छ।
त्यस्तै प्रधानमन्त्री देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको स्टान्डर्ड नाप र तौल ( पाँचौं संशोधन ) विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र स्टान्डर्ट नाप र तौल विधेयक २०७८ लाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसूची छ।

