बुटवल, साउन २६ । नवलपरासीमा मोटरसाईकलको ठक्करबाट घाइते एक प्रहरी निरीक्षकको उपचारका क्रममा मृत्यु भएको छ।
नवलपरासीको बर्दघाटमा पैदल हिडिरहेको सयममा वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले सोमबार बेलुकी ८ बजेतिर ठक्कर दिएको थियो ।
वाग्लेको उपचारको क्रममा राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि गम्भीर अवस्थामा उपचाररत छन् ।
प्रहरी निरिक्षक वाग्ले काठमाडौं बसुन्धाराका बासिन्दा हुन ।
उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए।
प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार