२०८१ चैत्र ९ गते शनिवार

अविरल वर्षाका कारण पर्सेनीमा घर भत्कियो

तुलसीपुर,साउन २५ । अविरल वर्षाका कारण प्रर्सेनीमा घर भत्किएको छ ।

वर्षका कारण तुलसीपुर उपमहानगरपालिका वडा नं ७ प्रर्सेनी निवासी मीना थापाको कच्ची इट्टाको तिन तले घर भत्किएको वडा नं ७ का सदस्य रामबहादुर जिसीले जानकारी दिए ।

उनको आईतबार राती परेको अविरल बर्षाले घर भत्किएको हो ।

अस्थायी प्रहरी पोष्ट प्रसेर्नीका इन्चार्ज बसन्त सुनारका अनुसार घर भत्किँदा मानवीय क्षति नभए पनि ७ लाख बराबरको क्षती भएको छ ।

त्यस्तै थापाको घर भत्किदा स्थानिय गजेन्द्र कुमार गुप्ताको घरको प्रखालमा समेत २० हजार बराबरको क्षति पुगेको छ ।

रातको ११ बजेतिर घटना भएपनि प्रहरीलाई सोमवार बिहान मात्र जानकारी दिइएको थियो । त्यस लगत्तै प्रहरी टोली,जनप्रतिनिधि,स्थानीयहरु पुगेका थिए ।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *