२०८२ कार्तिक २१ गते शुक्रवार

रोल्पामा भाइरल ज्वरोका बिरामी बढे

रोल्पा,साउन २५ । रोल्पामा केही दिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ।

गएको दुई हप्तादेखि रोल्पा अस्पतालमा मात्रै दैनिक १ सय ५० देखि २ सय जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका छन् ।

अस्पतालमा आउने धेरैजसो बिरामीहरुमा ज्वरो आउने, जिउ दुख्ने लक्षण देखिएको रोल्पा अस्पतालले जनाएको छ ।

कोरोना सङ्क्रमणको जोखिम पनि कायमै रहेकाले धेरैजसो बिरामीको एन्टिजेन परीक्षण गर्ने गरिएको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. प्रतिभा सुवेदीले जानकारी दिए ।

रोल्पा अस्पताल बाहेक जिल्लाका अन्य स्वास्थ्य संस्था र निजी मेडिकलहरुमा पनि उत्तिकै सङ्ख्यामा बिरामी आउने गरेका छन् ।

कोरोनासँगै अन्य सङ्क्रामक रोक फैलिन थालेका भन्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न चिकित्सकहरुले सुझाएका छन् ।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *