२०८१ बैशाख ७ गते शुक्रवार

महतिनेबासीले भने – हामीले नजिकमा सिटामोल किन्ने ठाउँ छैन’

लिलाधर वली,
राजपुर, १३ पुस । अघिल्लो बर्ष निर्वाचनका क्रममा महतिने खोलामा नेताहरु पुगे । जनताहरुसँग हातजोडेर भने–‘मलाई र हाम्रो पार्टीलाई निर्वाचनमा भोट गरेर जिताउनु होस, तपाईको गाउँमा मोटरवाटो हाम्रो पार्टीले ल्याईदिन्छ, बिजुली बत्ति ल्याईदिन्छ…’ यस्तै अनेक सपना देखाएको राजपुर गाउपालिका–५ महतिने खोला निवासी लोकबहादुर पुनलाई अहिले पनि सम्झना आईरहन्छ । तर निर्वाचन भएको लामो समय वितिसक्दा विकास तँ के विकासको सपना बाड्ने नेताहरुको अनुहार समेत देख्न पाएका छैनन् । सामान्य टाउको दुखेको अवस्थामा पनि गाउंलेहरुलाइ सिटामोल उपलव्ध छैन ।

उमेरले ७० नाघिसकेका महतिने खोलाका पुनलाई गाउँमा आउनलाई मोटरवाटो बनेको र सामान्य उपचार गाउँमै भैदिए हुन्थ्यो झै लागेको छ । ‘गाउँमा आउने भरपर्दाे बाटो नहुदा स्थानीयले धेरै दु.ख बेहोर्नु परेको छ’ उनले भने । ‘मोटर चल्नलाई बाटो छैन, पैदल बनको बाटो हिड्नुपर्छ’, उनले भने,‘ त्यसैमा भारी बोक्दा झन हैरान हुन्छ ।’ वनको बाटो त्यसैमा खोला तर्नुपर्दा जनताले धेरै दु.ख पाउने गरेको उनी बताउछन् । उनको भनाईमा एक ट्याव्लेट सिटामोल किन्नलाई पनि करीव ८ किमि टाढा जंग्रहवा पुगेपछि मात्रै वडा स्वास्थ्यचौकी आउँंछ । अस्पतालको त सपना पनि देखेका छैनन्, महतीनेबासी ।

‘न सडक बन्ने छाटाकाट छ, न तँ गाउँमा उपचार नै पाइने भयो, सामान्य विरामी हुदा पनि देउखुरी जानुपर्ने बाध्यता रहेको छ’, अर्की जेष्ठ नागरिक पेमा रानाले भनिन् । देउखुरी जानलाई नँ बाटो राम्रो छ न गाउँमा औषधी पाइन्छ, त्यसैले कतिपय विरामीले औषधि नपाएरै ज्यानजाने अवस्था समेत देखिएको उनको गुनासो छ । उनका अनुसार गाउँमा टाउँको दु.खदा समेत औषधी किन्ने ठाउँमा छैन । उनको परीवार रोल्पामा धेरै दु.ख भएपछि सुख खोज्न दाङ झरेको थियो । ‘दाङ राम्रो ठाउँ होला भनेर झरेको, यहां त झनै समस्यै समस्या रहेछन्’—पेमाले दुःखेसो पोखिन् । उनी दुधे छोरालाइ काखमा च्यापेर रोल्पाबाट राजपुर झरेकि थिइन् ।

त्यस्तै दु.ख सुनाईन दियालो आमा समूहकी अध्यक्ष सिता बुढाले पनि । गाउँमा सडक र प्राथमिक उपचारको व्यवस्था नहुंदा पाँच बर्षीय छोरालाई गतबर्ष गुमाउनु परेको भन्दै उनले गाउँमा आउनलाई सहज सडक व्यवस्था गराईदिन गाउपालिका अध्यक्षलाई आग्रह गरिन । ‘गाउँमा सडक नहुदा पिडा मैले छोरा गुमाउँदा भोगें, सायद मोटर चल्ने सडक भएको भए छोरालाई उपचारकालागि अस्पातलसम्म लग्थे होला तर अस्पताल लग्नै नपाई छोरालाई गुमाए’, नेपाल पत्रकार महासंघले बुधवार राजपुरमा आयोजना गरेको राजपुरको विकाशकालागी सन्चारको भुमिका विषयक कार्यक्रममा सिताले भनिन् । ‘मैले जुन पीडा भोगे,अव त्यो पीडा अरुले भोग्न नपरोस ।’ गाउँमा सामान्य विरामीहरुलाई सिटामोलका लागि गाउँमा स्वास्थ्यचौकीको स्थापना गर्न स्थानीय सरकारले ध्यान देओस । उनले गाउँमा माध्यामिक तलको पढाई नहुने विद्यालय नहुदा छोराछोरीहरुलाई जंगलको बाटो गंगदी पढाउनुपर्ने बाध्यतता स्थानीयलाई भएको समेत बताइन ।
‘गाउँमा माध्यामिक तहको पढाई हुने विद्यालय छैन, मथिल्लो कक्षा पढाउन देउखुरी पठाउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, जंगलको बाटो टाढा बच्चाबच्चीहरुलाई पठाउदाँ कहिले जंगलमा कसैले समात्छन, कि कहिले खोलामा पसेकी भन्ने डर हुन्छ ।’ यी त मतिनिने खोलाका प्रतिनिधि पात्रहरु । त्यहाँका स्थानीयको लागि सडक, स्वास्थ्य , बत्ति, सञ्चार र शिक्षाको आवश्यकता रहेको स्थानीयहरुले बताए ।

सडक निर्माण पहिलो प्राथमिकतामाः केसी
स्थानीयको गुनासो सुनेपछि राजपुर गाउपालिका अध्यक्ष लोकराज केसीले महतिने खोलामा सडक पु¥याएर स्थानीयवासीलाई विकासको अनुभुति दिलाउने आफनो पहिलो प्राथमिकता रहेको समेत बताए । सोही अनुसार गाउँपालिकामा बजेट बिनियोजन गर्ने गरेको समेत उनले बताए । ‘भूगोलका हिसावले ठुलो र जटिल समस्या भएको स्थानीय तह राजपुर गाउपालिका हो’,अध्यक्ष केसीले भने,‘जनताका अत्यावश्यक आवश्यकता पहिचान गरेर विकासका लागि बजेट बिनियोजन गर्ने गरेका छौ ।’ उनले राजपुरको महतिने खोला विकासका हिसावले पछाडी परेको क्षेत्र भएकाले गतबर्ष नै सडकका लागि १० लाख रुपैया बिनियोजन गरेपनि विविध समस्याका कारण सडक निर्माण हुन नसकेको भन्दै आगामी बर्ष सडकका लागि बजेट बिनियोजन गर्ने अध्यक्ष केसीले बताए ।

जनताको चाहना अनुसार विकासका लागि आफु अगाडि बढेको भन्दै गाउपालिका अध्यक्ष केसीले पोल गाडेको स्थानसम्म यसैबर्ष यसैबर्ष तार तानेर आगामी बर्षसम्म पुरै बस्तीमै विद्युत विस्तार गरिसक्ने बताए । त्यस्तै सञ्चार, खानेपानी, शिक्षा,स्वास्थ्यलगायतका समस्या साधानका लागि आफुले पहल गर्ने समेत प्रतिवद्धता जनाएका थिए । त्यस्तै कार्यक्रममा राजपुर गाउपालिका वडा नं. ५ का वडाध्यक्ष नरेन्द्रसिंङ भण्डारीले आगामी बर्ष महतिने खेलामा स्वास्थ्यचौकी स्थापना गर्ने बताए । ‘स्वास्थ्यचौकी स्थापना गर्ने गरि काम गरिरहेको छु, आशा गर्नुहोस अर्काे बर्ष तपाईहरुको बस्तीमा स्वास्थ्यचौकी स्थापना हुने छ ।’

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा राजपुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसा शर्मा, नेपाल पत्रकार महासंघ दाङ शाखाका निर्वतमान अध्यक्ष तथा सल्लाहकार सुदीप गौतम, स्थानीय अगुवा लक्ष्मीप्रसाद बुढा, दियालो आमा समुहकी सचिव हिरा बुढा, झुपाखाडा सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष गंगा केसीलगायतले बोलेका थिए । नेपाल पत्रकार महासंघका प्रदेश सदस्य महेश रिजालको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको बिषयवस्तुवारे जनज्योति प्राथमिक विद्यालयकाका सहायक प्रधानाध्यापक जोगराज यादवले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका सचिव भुपेन्द्र वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *