२०८१ चैत्र ६ गते बुधवार

औषधी गर्न गोरखपुर पुगेका तुलसीपुरका युवक गोरखपुरमा बेपत्ता

प्रवाशमा रहेका नेपालीसंग सहयोगका लागि परिवारको आग्रह


तुलसीपुर, साउन २२ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी २६ बर्षीय दीपक खत्री भारतमा हराएका छन् ।

मस्तिस्क सम्बन्धि औषधी सेवन गर्दै आएका खत्री बुवा ताराबहादुर खत्रीसंगै औषधी गर्न भनेर भारतको गोरपुर गएको समयमा मंगलबार हराएका हुन ।

‘म औषधी किन्दै थिए र अस्पताल अगाडिबाट उ एकाएक कता बेपत्ता भयो,’ बुवा ताराले भने ‘म औषधि किनेर फर्किदा छोरा फेला परेन ।’

बुवा ताराबहादुरले छोरा हराएको छोरा खोजी गर्दापनि फेला पार्न नसकेपछि आफ्नो हराएको छोरा खोजी गरिदिन भनेर स्थानीय प्रहरीमा आग्रह समेत गरेको बताए ।

छोरा फेला नपरेपछि बुवा ताराबहादुर नेपालस्थित घर फर्किएर छोराको फोटोसहित लगेर खोजी गर्न भनेर गोरखपुर तर्फ शुक्रबार प्रस्थान गरेका छन् ।

यसैबीच अंकल ठाकुर खत्रीले भारतमा बस्ने नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई आफ्नो भतिजा भतिजा दीपक बिरामी रहेको हुँदा फेला परेको खण्डमा आँफै संग राखी मानविय नाताले घर परिवार फोन गर्न आचना गरेका छन् ।

अंकल ठाकुरले त्यसका लागि ९८४४१७९२२४ र ९८०९८५३५८२ मा सम्पर्क गरेर मानविय धर्म निर्वाह गर्न आग्रह गरेका छन् ।

उनले आफ्नो भतिजालाई फेला पारेर उस्को खाना र बासको उचित ब्यबस्थापन गर्ने ब्यक्तिलाई लागेको खर्चका साथै अन्य नगद दिने समेत घोषणा गरेका छन् ।

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *