२०८१ असार ८ गते शुक्रवार

यूएसए आइडीले तुलसीपुरमा कोभिड नियन्त्रणका लागि चार महिने अभियान सञ्चालन गर्ने

तुलसीपुर, साउन २२ । कोभिड महामारी नियन्त्रणका लागि एक एनजियो संगको सहकार्यमा तुलसीपुरमा ४ महिने अभियान संचालन गर्ने भएको छ ।

साझेदारी– संघीयता सहयोग अन्तर्गत यूएसए आइडीले महामारी नियन्त्रणका लागि अभियान संचालन गर्न थालेको छ ।

यूएस आईडीले उक्त कार्यक्रम तुलसीपुर उपमहागनरपालिका, दंगीशरण गाउँपालिका र घोराहीमा उपमहानगरपालिकालाई केन्द्रमा राखेर सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत स्थानीय सेवा प्रभावहमा पारेको प्रभावको लेखाजोखा, कोभिड महामारीका बेला, प्रभावकारी योजना तथा प्रतिकार्यका लागि सञ्चालन कार्यविधिको तर्जुमा, कोभिड–१९ विरुद्ध लक्षित समूह केन्द्रित जनचेतना अभियान, कोभिड विरुद्धको योजना तथा प्रतिकार्य लक्षित पालिकाको प्रथामिकताहरुको कार्यान्वययनमा सहयोग, कोभिड जस्ता आपतकालिन अवस्थामा न्यूनतम सेवा प्रभावहको सुनिश्चितताको लागि सूचना प्रविधिको प्रयोग लगएतका कृयापलापहरु सञ्चालन गर्ने भएको छ ।

कार्यक्रममा तुलसीपरका मेयर घनश्याम पाण्डेले महामारी नियन्त्रणका लागि योजना वद्ध ढंगले अघि बढ्नुपर्ने बताए । कोभिडको असर अझै २÷३ बर्षसम्म देखिन सक्ने भन्दै संभावित जोखिमबाट बच्नका लागि दातृ निकाय तथा विभिन्न संघसंस्था र सरोकारवला निकायको भूमिका अपरिहार्य हुने मेयर पाण्डेको भनाई थियो ।

तुलसीपुरकी उपमेयर माया आचार्य, तुलसीपुर विपत व्यवस्थापन समितिका संयोजक नवराज लामिछने, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, स्वास्थ्य शाखा प्रमुख ओमपि न्यौपाने, विपत व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, इन्रुडेकका अध्यक्ष धर्म रोकाय , तुलसीपुर कोभिड–१९ फोकल पर्सन बिमल केसी लगाएतले कार्यक्रममा आआफ्ना धारना राखेका थिए ।

यूएसए आईडीका प्रतिनिधी विष्णुमणि खनालले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने सहजिकरण इन्रुडेकका कार्यक्रम संयोजक दीपा शर्माले गरेकी थिइन ।

 

 

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *