
घोराही , साउन २० । पतञ्जली योग समिति दाङले आफ्ना सदस्यहरुका घरमा जडिबुटीका बिरुवा रोपेर विश्व जडिबुटी दिवस मनाएको छ ।
जडिबुटी दिवस तथा आर्युवेद शिरोमणि आचार्य बालकृष्णको जन्मोत्सवको अवसरमा जिल्लाभर रहेका आफ्ना सदस्यहरु मध्य जग्गा उपलब्ध भएकाहरुले जग्गामा र नहुनेहरुले घरको गमलामा भएपनि विरुवा रोपेर दिबस मनाएका हुन ।
पतञ्जली योग समितिका जिल्ला प्रभारी उदयबहादुर डाँगीले दिवसका अवसरमा बिहान भर्चुअल माध्यमबाट नेपालमा पाइने जडिबुटी र जडिबुटीको महत्वका बारेमा छलफल भएको जानकारी दिए ।कार्यक्रमका प्रमुख अतिथि बनस्पति बिज्ञ डिल्लीबहादुर क्षेत्रीले नेपालमा ७ सय प्रजातिका जडिबुटी पाउने गरिएको त्यसक्रममा बताए ।
विश्वमै अनौठो र विशिष्ट खालको हावापानी भएको नेपालमा पाइने जडिबुटी मध्ये १ सय ५० प्रजातिका जडिबुटीको बिक्रिवितरण भइरहेको क्षत्रीले जानकारी दिए ।वनस्पति विज्ञका रुपमा सरकारको उपसचिव भएर ३५ बर्ष काम गरेका क्षत्रीले साविकको राप्ती र कर्णाली अञ्चल विश्वमै पाइने दुर्लश जडिबुटीको उर्वरथलो भएको बताए ।
चिकित्सा पद्धतिमा धेरै विश्वास गर्ने, जडिबुटीका बारेमा गहिरो अध्ययन अनुसन्धान नहुने, अध्ययन भएका विषयबस्तु कार्यान्वयनमा नल्याउने, जडिबुटीको सही पहिचान गरेर मात्रा नमिलाइ खाने, तुरुन्तै प्रतिफल खोज्ने प्रबृत्तिले गर्दा जडिबुटीको संरक्षण र उपयोग कम भएको क्षत्रीको तर्क छ ।