२०८१ असार १० गते आइतवार

क्लिनिकबाट किनेको औषधि खाएलगत्तै दिल्लीमा नेपाली दिदी-भाइको मृत्युु

काठमाडौँ,साउन २० । भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुुई नेपाली बालबालिकाको मृत्यु भएको छ ।

दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका–५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो ।

बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकमा गएर औषधी किनेर विकले छोराछोरीलाई खुवाएका थिए ।

क्लिनिकका डाक्टर बेदकुुमार गर्गले दिएको उक्त औषधि खाएपछि १०/१० मिनेटको फरकमा दुुवै दिदी–भाइको मृत्यु भएको अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बताए ।

उनीहरुको मृत्युुपछि डाक्टरका नाममा विकको परिवारले स्थानीय शालिमारबाग प्रहरी स्टेशनमा उजुरी दिंदै उनीमाथि कारबाहीको माग गरेको खड्काले बताए ।

अखिल भारत नेपाली एकता मञ्चको सहयोगमा परिवारका सदस्यले डाक्टरविरुद्ध उजुरी दिएका हुन् । अहिले ती डाक्टरलाई प्रहरीले निगरानीमा राखे पनि नियन्त्रणमा नलिएको पीडित पक्षको भनाइ छ ।

मृतक दुुवै जनाको मंगलबार हिन्दुु संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।

 

 

प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *