२०७८ असोज ८ गते शुक्रवार

बिपक्षी गठबन्धले लुम्बिनीमा ४१ सांसदको हस्ताक्षर बुझाए

दाङ, साउन १८ । लुम्बिनी प्रदेशमा बिपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष सोमबार पुनः ४१ सांसदको हस्ताक्षर बुझाएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी लगाएतका बिपक्षी गठबन्धले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर हस्ताक्षर बुझाएका हुन ।

उनीहरुको हस्ताक्षरमा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेपनि सरकारमा बसिरहेको तथा बहमुत माथि जवरजस्ती साशन गर्न खोजीरहेको हुँदा बहुमतिय प्रक्रिया थालनी गर्न उल्लेख छ ।

निेपाली काँग्रेसका नेता तथा दाङ निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले त्यसमा बिमला खत्री वलीको पनि हस्ताक्षर रहेको समाबेश गरिएको बताए ।

यद्यपी यतिखेर वली एमालेमा प्रबेश गरेको ब्यापक चर्चा भइरहेको छ । पहिले उनले माओबादी केन्द्र रोजेकी थिइन ।

गत उपनिर्वाचनमा दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित वलीले यसअघि दिएको निबेदनलाई आधार मानेर हस्ताक्षर बुझाइएको चौधरीले तर्क गरे । तर, उनले यदी वली चर्चा भए जस्तै एमालेमा प्रबेश गरेको भएपनि आफुहरु संग ४० सांसद रहने र त्यसले बहुमत पुग्ने जिकिर गरे ।

प्रदेश प्रमुख शेरचनलाई बुझाइएको हस्ताक्षरमा बहुमत आफ्नो पक्षमा भएको भन्दै गठबन्धनबाट माओबादी केन्द्रका कुलप्रशाद केसी ९सोनाम०लाई मुख्यमन्त्री बनाउन माग गरिएको छ ।

मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेपनि एकल बहुमतको सरकारको नेतृत्व गर्नु आँफैंमा संविधान र कानुनको बर्खिलाप भएको भन्दै प्रदेश सांसद चौधरीले ६८ ९२० बमोजिम बहुमतिय प्रक्रिया सुरु गर्न माग गरिएको बताए ।

जसपाले मुख्य मन्त्री पोखरेलको सरकारमा सहभागि आफ्ना तीन सांसदलाई कारबाही गरिसकेको छ । त्यसैले उनीहरुको सांसद पद खोसिएको छ । जसले गर्दा उनीहरु मुख्यमन्त्री चुन्ने निर्वाचन प्रक्रियामा सहभागि हुन पाउँदैनन् ।

मुख्य मन्त्री पोखरेलको पक्षमा बढीमा अब ३३÷३४ जना मात्रै रहेको चौधरीले दाबी गरे ।

चौधरीले मुख्य मन्त्री पोखरेल एकल बहुमतको आधारमा मुख्य मन्त्री बनेको हुँदा उनी स्पष्ट अल्पमतमा रहेको र बहुमतिय प्रक्रिया सुरु हुनासाथ सो तह पदमुक्त हुने दाबी गरे ।

सुरुमा ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा हाल माओवादी केन्द्रका २ सांसदलाई पार्टीले खाली गराएको छ। एमालेका २ सांसदले राजीनामा दिएका छन । त्यसैले अहिले प्रदेश सभा ८३ सदस्यीय छ।

 

 

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *