तुलसीपुर, साउन १७ । तुलसीपुर उपमहानगर अन्तरगत ढकना–फूलबारी जोड्ने सडक मर्मत गरिएको छ ।
बर्षातका कारण उक्त सडक खण्ड हिलाम्य भएपनि स्थानीयलाई आवतजावत गर्न समस्या भएको थियो ।
स्थानीयको आग्रह पछि तुलसीपुरका मेयर घनश्याम पाण्डेको निर्देशनमा सडक ग्राबेल गरिएको हो ।
तुलसीपुर नगरपालिकाका जेसिवी, टिपर प्रयोग गरि जीर्ण सडक मर्मत तथा ग्राबेल बिच्छाचउने काम गरिएको छ ।
तुलसीपुर –१३ मोहन पौडेलले मर्मतपछि १२ र १३ नम्बर वडाका स्थानीयलाई आवतजावत गर्न सहज हुने आशा ब्यक्त गरे ।
मेयर पाण्डेले सो सडक खण्डको अनुगमण पनि गरेका छन् ।
प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार