हेमन्त वली, घोराही, साउन १६ । नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन अनेरास्ववियु (क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले शिक्षा अझैपनि श्रमजीवी जनताका छोराछोरीको पहुँचमा नभएको बताएका छन।
संगठनले शुक्रवार घोराहीमा आयोजना गरेको स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा क्षेत्रमा भइरहेको बिकृति विरुद्धको प्रदर्शन पछि सम्बोधन गर्दै अनिलले त्यस्तो बताएका हुन ।
अनिलले सिटिइभिटीका कार्यक्रमहरुमा अझैपनि ठूलो विभेद रहेको, समयमै कोर्ष नसकिने समस्या, प्रयोगात्मक कक्षा व्यवस्थित नहुने र चर्कौ शुल्क असुली गर्ने माध्यम बनाइएको भन्दै आपत्ति जनाए ।
राज्यले न्यून आयस्रोत भएका विद्यार्थीहरुलाई पनि प्राविधिक शिक्षा अध्ययन गर्ने वातावरण तयार गर्नुपर्ने नेता अनिलको भनाइ थियो।
राज्यले टिएइई अन्तर्गत स्वास्थ्य तिरका कार्यक्रम अध्ययन गरेका विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको उनले बताए ।
साथै निजी शैक्षिक क्षेत्रमा स्वास्थ्य तिरका कार्यक्रमहरुको शुल्क महंगो भएकाले सामान्य बर्गका विद्यार्थी सहभागी हुन अथवा पढ्न बाट बञ्चित भइरहेको उनले बताए ।
उनले मेडिकल शिक्षामा पनि थुप्रै बिकृती बिसंगती मौलाइरहेको, राज्यको गैरजिम्मेवारीका कारण मेडिकल माफियाको अगाडि राज्य निरही बनेको जिकिर गरे।
उनले मेडिकलका विद्यार्थीमाथि मेडिकल माफियाहरुले मिलोमतोमा आर्थिक लुट मच्चाइरहेको दाबी गरे ।
उनले वैज्ञानिक समाजवादी राज्य व्यवस्था बाट मात्रै समस्याहरु समाधान गर्न सकिने जिकिर गरे ।
प्रदर्शन कार्यक्रमको सहजिकरण अनेरास्ववियुका दाङ जिल्ला अध्यक्ष अमर खड्काले गरेका थिए ।