२०८१ असार ३ गते आइतवार

बिपन्न परिवारलाई जेसिजको खाद्यान्न सहयोग

तुलसीपुर, साउन १६ । तुलसीपुर ७ घर भइ हाल अस्ट्रेलियामा बस्दै आएका कमल भण्डारीले पठाएको आर्थिक सहयोगबाट तुलसीपुरनगर जेसिजले बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

तुलसीपुरमा शुक्रबार गरिब तथा बिपन्न ३१ परिवारलाई खाद्यान्न बितरिण गरिएको हो ।

कोभिड– १९ महामारीमा काम गर्न जान नसकेको र साँझ बिहान छाकको समस्या भोग्नु परेका परिवारलाई पहिचान गरि नगर जेसिजले भण्डारीको सहयोगले खाद्यान्न बितरण गरेको जेसिजका नगर अध्यक्ष नेत्रलाल भट्टराई (नारायण)ले जानकारी दिए ।

तुलसीपुर ८ टिकरीस्थित सहिद स्मृति टोल र तुल्सिपुर ५ स्थित सुन्दरनगर टोलका गरि जम्मा ३१ घरपरिवारलाई चामल, तेल, नुन, दाल लगाएका खाद्यान्न सहयोग गरिएको भट्टराईले बताए ।

जेसिज बर्ष २०२१ का बोर्ड सल्लाहकार मेघराज घिमिरेको प्रमुख आथित्यमा भएको कार्यक्रममा अमृतपुर खानेपानी सस्थाका कोषाध्यक्ष जितबहादुर खडका, ज्ञानज्वति आधारभूत बिद्यालयका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष हरिबहादुर बिक, तुल्सिपुरमगर जेसिज बर्ष २०२१ का अध्यक्ष सल्लाहकार मानबहादुर बस्नेत, कानुनी सल्लाहकार बिमल वली लगाएतको कार्यक्रममा मन्तव्य ब्यक्त गरेका थिए ।

नगर अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा आस्थापाठ जेसि शरद देबकोटाले गरेका थिए ।

कार्यक्रमको सहजिकरण बर्ष २०२१ का डाइरेक्टर मेघराज पोखरेलले गरेका हुन ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *