दाङ, साउन १६ । सल्लाको काठको गोलिया लोडेर ट्रकमाथि चढेर रसी बाँध्ने क्रममा सल्यानमा एक जनाको मृत्यु भएको छ ।
मृतक ट्रकका सहचालक सल्यानको शारदा नगरपालिका वडा नं. १४ का २५ बर्षीय बिमल भण्डारीको शुक्रबार बेलुका कपुरकोट गाउँपालिका वडा नं. ३ ठूलीचौर नेर करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्लानका प्रमुख डिएसपी गोबिन्द थापाले सल्यानबाट काठका गोलिया लोड गरि दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २४२७ नम्बरको ट्रकको माथि चढेर रसि बाँध्ने क्रममा भण्डारीलाई करेन्ट लाग्न पुगेको जानकारी दिए ।
सडक छेउमा बिस्तारित नाङ्गो बिद्युतको तारले छुँन पुग्दा भण्डारीलाई करेन्ट लाग्न पुगेको र गम्भीर अबस्थामा कपुरकोट स्वास्थ्य चौकीमा साढे आठ बजे पु¥याना साथ स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार