राजेश खत्री
दाङ, पुस १२ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ राप्ती बबई इकाइ समितिले विहीवार नव आगन्तुक विद्यार्थीको लागि स्वागत कार्यक्रम गरेको छ।
नेविसंघ राप्ती बबई क्याम्पस ईकाइ सभापित रोहित न्यौपानेको अध्यक्षता , नेविसंघ दाङका जिल्ला अध्यक्ष राजकुमार डाँगीको प्रमुख आथित्यता एवं नेविसंघका पूर्व केन्द्रीय सदस्य युवराज खड्का, राप्ती सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल र तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालको विशिष्ट आथित्यमा नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि जिल्ला अध्यक्ष डाँगीले विद्यार्थीले शिक्षा र राजनीतिलाई संगसंगै अगाडि बढाउन आवश्यक रहेको बताए । विद्यार्थी सचेत वर्ग मात्रै नभएर उर्जासिल हुने हुँदा त्यो उर्जालाई समाजरुपान्तर र हितमा लगाउनु पर्ने उनको कथन थियो । कार्यक्रमलाई सम्वोधन गर्दै नेविसंघका पूर्व केन्द्रीय सदस्य युवराज खड्काले विक्रम संवत २०२७ सालमा स्थापना भएको नेविसंघले तत्कालिन निरुङकुश पंचायती व्यवस्थाको विरुद्धमा र प्रजातन्त्रको पक्षमा गरेको आन्दोलनकै कारण आज मुलुकमा संघीय लोकतन्त्र स्थापना भएको बताए । युवा र विद्यार्थीले राजनीति बुझ्न अति आवश्यक रहेको बताएका उनले जस्ले राजनीति बुझ्दैन त्यसले समाजपनि बुझ्न नसक्ने बताए । अब उच्च शिक्षा हासिल गरेका युवाहरु राजनीतिमा आउन आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थी नेता खड्काले त्यसले मात्रै राजनीति भित्रका विकृतिको अन्त्य हुने विचार व्यक्त गरे ।
त्यस्तै विशिष्ट अतिथि तथा राप्ती सार्वजनिक यातायात समितिका अध्यक्ष सुरेश हमालले राप्ती बबई क्याम्पस पश्चिम दाङका किसान र गरिवका छोराछोरी पढ्ने क्याम्पस भएको हुँदा यो साझा सम्पत्ति जोगाउन सबै लाग्नु पर्ने बताए । क्याम्पसका पूर्व स्ववियू कोषाध्यक्ष समेत रहेका हमालले मेहनतका साथ पढ्न आग्रह गर्दै जुन क्षेत्रमा जाँदा पनि भोलि क्याम्पसको पहिचान स्थापित गर्न सक्नुपर्ने बताए । ‘तपाँई व्यापारी बन्नुहोस वा राजनीतिज्ञ तर राप्ती बबईको पहिचान स्थापित गर्न लाग्नु पर्छ र त्यसका लागि महेनत साथ अध्यन अध्यापनमा लाग्नुहोस,’ अध्यक्ष हमालले भने ।
त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै अर्का विशिष्ट अतिथि विमल रिजालले क्याम्पसको शैक्षिक, भौतिक वातावरण सुधारका लागि व्यवसायी सहयोगका लागि संधै तत्पर रहने प्रतिवद्धता जाहेर गरेका थिए । क्याम्पस व्यवस्थापन समितिका सभासद समेत रहका रिजालले जव सम्म शिक्षाको स्तर माथि उठ्न सक्दै तव सम्म समाज विकास र परिवर्तन संभव नहुने भन्दै आधुनिक शिक्षाको ज्योति गाउँ गाउँ र वस्ती बस्तीमा पुग्न आवश्यक रहेको बताए ।
नेविसंघ राप्ती बवई क्याम्पसका ईकाइ उपाध्यक्ष कैलाश चन्दको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रमलाई क्याम्पस प्रमुख लक्ष्मण रेग्मी, नेविसंघ दाङका नेता सरोज शाह, नेपाल प्रेस यूनियन दाङका उपाध्यक्ष नारायण खड्का, नेविसंघका जिल्ला सचिव ऋशिस्वर न्यौपाने, महेन्द्रबहुमुखी क्याम्पस घोराहीका ईकाइ सचिव कुलराज पोखरेल, नेविसंघ क्षेत्र नं. ३ का क्षेत्रीय सभापति तिलक रावत, सल्यान जिल्लाका विद्यार्थी नेता रमेश केसी लगाएतले सम्वोधन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय कलाकार शक्ति चन्द लगाएतले गीत नृत्य प्रस्तुत गरेका थिए । विए प्रथम वर्षमा अध्यनरत नयाँ विद्यार्थीको स्वागतमा नेविसंघले बिहीवार स्वागत कार्यक्रम आयोजना गरेको थियो । राप्ती बबई क्याम्पसमा कुल २ हजार ५ सय बढी विद्यार्थी अध्यनरत छन् भने विए प्रथम वर्षमा मात्रै ३ सय बढी विद्यार्थीले भर्ना गरेको क्याम्पसका सहायक क्याम्पस प्रमुख सुर्य शर्माले जानकारी दिएका छन् ।