२०८१ असार ३ गते आइतवार

१४ औं महाधिवेशनबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाण्डौ,साउन १४ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

दिउँसो २ बजेपछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका संशोधन लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन हुने भनिए पनि अनिश्चित बनेको छ । आजको बैठकले महाधिवेशनबारे निर्णय गर्ने सम्भावना छ ।

यस्तै, बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल हुनेछ । हिजोको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनलाई पूर्णता दिनका लागि एक दिनको समय दिएको थियो ।

 

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *