काठमाडौं, साउन १३ । नेकपा माओवादी केन्द्र छोडेका चार जना सांसदले पुर्नबाहालीको माग गर्दै सर्वौच्च अदालतमा रिट हालेका छन् ।
चार नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहले सांसद पदमा यथावत रहन पाउँ भन्दै बुधबार रिट हालेका हुन ।
यी चार नेताहरुले नेकपा बिघटन भएपछि माओबादी त्यागेर नेकपा एमालेमा प्रबेश गरेपछि माओबादी केन्द्रले पार्टीबाट कारबाही गर्दै निस्कासन गरेको थियो ।
उनीहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत सामेल थिए ।
रिटमा उनीहरुले सांसदहरूलाई हटाउने जिम्मा र अधिकार केन्द्रीय कमिटीले अध्यक्षलाई दिएको भएपनि अध्यक्षको एकल निर्णयबाट आफूहरूलाई सांसद पदबाट हटाइएको निर्णय संविधानविपरीत रहेको उल्लेख छ ।
प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार