२०८१ माघ २६ गते शनिवार

वनको नयाँ नेतृत्व चुन्न निर्वाचन हुने

विमल गौतम
दाङ, पुस ११ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित गणेश सामुदायिक वनको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सर्वसहमतिमा नेतृत्व चुन्ने प्रयास विफल भएपछि अब निर्वाचन मार्फत वनको नयाँ नेतृत्व चुन्ने प्रक्रिया सुरु भएको छ । बुधवार सोही प्रयोजनको लागि उम्मेदवारी समेत दर्ता भइसकेको छ । नेतृत्वको लागि नेपाली काँग्रेस समर्थित प्रजातान्त्रिक प्यानल एकातर्फ र नेकपा र राष्ट्रिय जनमोर्चा समर्थित संयुक्त प्यानलले सबै पदहरुमा र नयाँ शक्ति पार्टीले एउटा पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रजातान्त्रिक प्यानलको नेतृत्व कुलप्रसाद कालाथोकीले गरेका छन् भने वामगठवन्धन समर्थित संयुक्त प्यानलको नेतृत्व पुनाराम भण्डारीले गरेका छन् ।

प्रजातान्त्रिक प्यानल बाट उपाध्यक्षमा विलाल पन्थी, सचिवमा निमा महतरा , कोषाध्यक्षमा विरप्रसाद भण्डारी र सहसचिवमा यमलाल पराजुलीको उम्मेदवारी परेको छ । प्रजातान्त्रिक प्यानलवाट सदस्यहरुमा कुलण्वहादुर विसी, हरिप्रसाद चौधरी,दुर्गा प्रसाद भण्डारी, सुशिला केसी,जालपादेबी दमाई,पार्वता भट्टराई ,रमा केसी र हरिकला वलीले उम्मेदवारी दिएका छन् ।

उता संयुक्त प्यानलबाट उपाध्यक्षमा भागिरथ भण्डारी ,सचिवमा भुमा शर्मा भण्डारी,कोषाध्यक्षमा कमल भण्डारी र सहसचिवमा हिमलाल न्यौपानेको उम्मेदवारी परेको छ । यो प्यानलवाट  सदस्यहरुमा गिरिराज भण्डारी ,लिलाधर विश्वकर्मा ,इश्वरी विक , कष्णादेवी विश्वकर्मा ,शारदा केसी,केशरा रिजाल,चेतना भट्टराई र निमादेवी घर्तीको उम्मेदवारी परेको छ ।

नयाँ शक्तिको पनि उम्मेदवारी

यही पुस १४ गते हुने निर्वाचनका लागि नयाँ शक्ति पार्टीले पनि एउटा उम्मेदवारी दर्ता गराएको छ । उस्ले उपाध्यक्षमा टुकलाल भण्डारीलाई अगाडि सारेको निर्वाचन समितिका संयोजक लेवेन्द्र केसीले जानकारी दिए । नयाँ नेतृत्व चुन्नका लागि ४ सय ३५ जना उपभोक्ताले मतदान गर्ने छन् । गणेश सामुदायिक वन भित्रै यसक्षेत्रकै लोकपृय पार्क गणेशपुर शान्ति पार्कपनि अवस्थित छ । नव निर्वाचित पदाधिकारीको समया अवधी दुई वर्षको हुनेगर्छ ।

प्रकाशित मिति : २०७५ पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *