
तुलसीपुर, साउन १० । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ की जैसरी मल्ल पकर्रेको सामुदायिक भवनमा बाँस छिल्दै थिइन ।
गाउँघरमा प्रसस्त पाइने बाँसबाट विभिन्न सामग्री निर्माण सम्बन्धि तालिमको छैटौ दिनमा उनी लगायतका सहभागीहरु बाँसको घडी वनाउन लागिरहेका थिए ।
तालिमको पाँचौदिनसम्म आउँदा उनीहरुले बाँसको मुढा मज्जाले बनाउन सक्ने बनि सकेका थिए ।
सीप भयो भने आफ्नै ठाउँमा भएको बाँसबाट पनि आम्दानी गर्न सकिने कुरा लोकबहादुर रोकाले बल्ल चाल पाए ।
रोकासहित तालिममा २० जनाको सहभागिता रहेको छ । बाँसका सामग्री निर्माण थालेसँगै उनीहरुले खाली पाखोमा ५ सय बाँस समेत रोपेका छन् ।
तालिमका क्रममा मुढा, घडी, चुरा दानी, कलम दानी, स्टे« लगायतका विभिन्न सामान सिकान्छ ।
प्रशिक्षक रामकुमार राईले सहभागीहरुमा सिक्न उत्सुकता भएका कारण तालिम फलदायी हुने विश्वास ब्यक्त गरे ।
स्थानीय रुपमा पाइने वस्तुबाट विभिन्न सामग्री वनाउँदा एकातिर आत्मनिर्भर हुने र र अर्कातिर परम्परागत सीपको पनि संरक्षण हुने कार्यक्रमका विज्ञ सदस्य विनोद शर्माको तर्क छ ।
मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत तुलसीपुर मेट्रो कलेजको आयोजनामा भएको बाँसका सामग्री वनाउने तालिमका सहभागीहरु विभिन्न सामान वनाउन पाउँदा निकै उत्साहित बनेका छन् ।
कलेज मार्फत सञ्चालन भएका विभिन्न तालिमका सहभागीहरुलाई व्यवसाय सञ्चालनका लागि प्राविधिक सहयोग समेत गरिएको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।