२०७८ बैशाख १ गते बुधवार

काङ्ग्रेसले संसद्मा जनसरोकारका मुद्दा उठाउने : प्रमुख सचेतक खाँण

काठमाडौँ,पुस ११।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीय संसद्का दुवै सदनमा जन सरोकारका मुद्दा उठाउने निर्णय गरेको छ ।काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको संयुक्त बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । “सरकारले गरेका जनविरोधी कामको दुवै सदनमा सांसदले प्रश्न उठाउनेछन्, संसद् छलेर सरकारले ल्याएको कर्मचारी अध्यादेश अनुचित रहेको पार्टीको ठहर छ, यसले दूरगामी प्रभाव पार्ने र कर्मचारीको वृत्तिविकासमा समेत असर गर्ने भएकाले यसको पनि विरोध हुनेछ,” उनले भने।

पछिल्लो समय शान्तिसुरक्षाको अवस्था नाजुक रहेको, मूल्यवृद्धि, कर बढेकोलगायत जनसरोकारका विषयलाई संसद्मा गम्भीरताका साथ उठाउने निर्णय काङ्ग्रेसले गरेको छ । लोकतन्त्र र राष्ट्रियताको संवद्र्धनका लागि पार्टीले संसद्म आवाज उठाउने प्रमुख सचेतक खाँणले सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रकाशित मिति : २०७५ पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *