२०८१ असार ८ गते शुक्रवार

गण्डकीमा नवनियुक्त ६ मन्त्रीले लिए शपथ

कास्की,साउन ८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका छन ।

मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रका तीनरतीन जना गरी ६ जना मन्त्री थपेका हुन ।

नवनियुक्त ६ मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा मुख्यमन्त्री पौडेलले शपथ गराएका हुन ।

गण्डकी सरकारमा कांग्रेसबाट मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीस मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री र विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन ।

त्यस्तै माओवादी केन्द्रका रामजी बराल अर्थ मन्त्री, चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री र दीपक थापा वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा नियुक्त भएका छन ।

यो सँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ ।

यसअघि जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त पोखरेलले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका गरी पाँच सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।

कुमार खड्का, राजीव गुरुङ (दीपक मनाङे), मधुमाया अधिकारी र हरिशरण आचार्य मन्त्री बनेका थिए ।

 

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *