२०८१ चैत्र ३ गते आइतवार

शनिबारदेखि लामो दूरीका यातायात सञ्चालन गर्न दिने काठमाडौं प्रशासनको निर्णय

काठमाडौं, साउन ८ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

प्रशासनले यातायात सञ्चालनको व्यवस्था मिलाउन यातायात व्यवसायीलाई आग्रह समेत गरेको छ ।

बैठकले गत साउन ५ गतेको गृहमन्त्रालयको पत्रअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम काठमाडौं उपत्यकाबाट मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधनले स्वास्थ्य मापदण्डको पूर्ण परिपालना भने गर्नुपर्नेछ।

कोरोना भाइरसको दोस्रो संक्रमण बढेसँगै गत वशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएसँगै सार्वजनिक यातायात क्षेत्र पूर्ण प्रभावित भएको थियो।जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिएको हो ।

यस्तै प्रशासनले यात्रा गर्ने यात्रुलाई अनिवार्य रुपमा टिकट काउण्टरबाट टिकट काटेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *