काठमाडौं, साउन ८ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
रावलले शुक्रबार साउन ३ गते सांसदबाट दिएको राजीनामा फिर्ता लिएका हुन ।
एमाले वरिष्ठ नेता माधबकुमार नेपालले बुधबार मात्रै रावतको टोखास्थित निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।
रावलते नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन साउन ३ गते राजीनामा दिएका थिए ।
तर उक्त राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसकेका थिएनन् ।
रावत २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा अछामबाट प्रत्यक्ष निर्वाचित भएका थिए । रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै देउवालाई विश्वासको मत दिनु भन्दा केही अगाडि राजीनामा दिएका थिए ।
पछिल्लो समय रावल एमाले भित्रको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक हुन ।