२०८१ चैत्र ३ गते आइतवार

अपाङ्गता भएका महिलाहरुका लागि ६ महिने कटाईसिलाई तालिम सम्पन्न

तुलसीपुर,साउन ६ । अपाङ्गता भएका महिलाहरुका लागि ६ महिने कटाइसिलाई तालिम तुलसीपुरमा सम्पन्न भएको छ ।

सेवा केन्द्र तुलसीपुर दाङको आयोजना तथा एविलिज फाउन्डेसन फिनल्यान्डको सहयोग एवं राप्ती बहिरा संघ दाङको समन्वय उक्त तालिम सम्पन्न भएको हो ।

अपाङ्गता सेवा केन्द्र तुलसीपुर दाङका अध्यक्ष तिलसरा पुनको अध्यक्षता तथा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष देवीदत्त आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागीहरुले तालिम लिन पाएर आफुहरुलाई व्यवसाय सञ्चालन गर्न साथै दैनिक जीविकोपार्जनमा सहयोग पुग्ने भएकोले खुशी व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि आचार्यले सिकेको सीप प्रयोगमा ल्याउन अनुरोध गर्दै व्यक्तिगत वा सामुहिक व्यवसाय सञ्चालन गर्न चाहने सहभागीहरुलाई महासंघ तथा दातृनिकायहरूसँग साझेदारी गरेर सहयोग गर्ने कुरामा प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।

संस्थाका कोषाध्यक्ष यमकुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सहसचिव अजयकुमार शर्मा,सल्लाहकार प्रतिमा शर्मा,राष्ट्रिय अपाङ्ग महासंघ दाङका अध्यक्ष देवा डाँगी ,सहभागी रमा चौधरी लगायतकाले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

दोभाषे शिक्षक स्मृति योगीले दोभाषे गरेको कार्यक्रमको सञ्चालन अपाङ्ग सेवा संघ उरहरीका अध्यक्ष देबा शर्माले गरेकी थिईन ।

 

 

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *