तुलसीपुर,साउन ५ । सञ्चार उद्यमी तथा रेडियो तुलसीपुर सञ्चालक समितीका तत्कालिन अध्यक्ष स्वर्गिय देवि प्रसाद धिताल (हेमराज) को हत्या भएको साउन ६ गते ११ वर्ष पुग्दैछ ।
तर पनि अहिलेसम्म हत्याराको पहिचान हुन नसकेको भन्दै परिवार साथै आम नागरीकले चासो र चिन्ता व्यक्त गरेका छन् ।
जसका कारण यस तर्फ नेपाल सरकार,स्थानिय प्रशासन प्रहरी गम्भिर बन्न नसकेको होकि भन्ने प्रश्न समेत खडा भएको छ ।
यसै कारण पनि यस क्षेत्रमा हत्या हिंसाका घटना न्यूनिकरण हुनुको साटो अझ बढ्ने गरेका छन् ।
यसैबिच हेमराज स्मृति प्रतिष्ठानका अध्यक्ष हरी प्रसाद रजौरियाको अध्यक्षतामा मंगलवार तुलसीपुरमा बसेको बैठकले स्वर्गीय देवी प्रसाद धिताल (हेमराज) को सम्झनामा ११ औं स्मृति दिवस मनाउने र हत्यारा पहिचानको माग गर्दै प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुङम्वाङ लाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
स्वर्गिय धितालको सम्झना प्रतिष्ठानले भोली साउन ६ गते त्रिसिद्धेश्वरी यातायात प्रालीको भवनमा रहेको स्वर्गिय धितालको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको अध्यक्ष रजौरीयाले जानकारी दिए ।
बैठकमा प्रतिष्ठानका प्रतिष्ठानका अध्यक्ष हरी प्रसाद रजौरीया,उपाध्यक्ष शुरेश हमाल,रेडियोका अध्यक्ष दिपेन्द्र गिरी (दिपु) ,सचिव महेन्द्र लामिछाने,कोषाध्यक्ष पुष्कर धिताल, सदस्य टेकन प्रसाद बस्नेत,प्रविण लम्साल,अधिवक्ता मोहन प्रसाद धिताल, भरतराज लामिछाने,सुजिता लामिछाने लगाएतको उपस्थिति रहेको थियो ।