२०८१ माघ १३ गते आइतवार

राम्रीमा मन्दिर निर्माण गर्ने निर्णय

शंकर के सी
सल्यान, पुस  १० । पुस ६ गते भएको बस दुर्घटनामा २३ जनाको मृत्यु भएको स्थल दाङको राम्रीमा मन्दिर निर्माण गरिने भएको छ ।
राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्रीमा विश्वकर्मा बाबाको मन्दिर निर्माण गर्ने निर्णय भएको छ । राम्रीको मोडमा पटक÷पटक सवारी दुर्घटना भएको हुँदा मन्दिर निर्माण गर्ने निर्णय भएको द्रोर्ण आचार्यले जानकारी दिए ।

आचार्य डीएल डान्स एकाडेमी तुलसीपुर दाङका अध्यक्ष हुन । क्लवका कोषमा रहेको रकम दाताहरुको सहयोग बाट मन्दिर निर्माण गरिने अध्यक्ष आचार्यले बताएका छन् ।सडक किनार मै मन्दिर निर्माण गरिने उनले बताए ।

मन्दिरमा शिलालेख राखिने र शिलालेखमा सहयोग गर्ने दाताहरूको नाम उल्लेख गर्ने उनले जानकारी दिए ।  पुस ६ गते बेलुका सवा ४ बजेतिर बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय घोराहीका शिक्षक,विद्यार्थी लगाएत २३ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए ।

अघिल्लो बर्ष पनि त्यहाँ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ त २५५८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । त्यसैगरी दुईबर्ष अघि पनि राम्रीमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो । त्यसको अघिलो बर्ष पनि सल्यानवाट दाङ जाँंदै गरेको जीप दुर्घटना हुंदा २ जनाको घटनास्थलमा मृत्यु भएको थियो । गएको असार १८ गते रातिपनि यही ठाउँमा तरकारी बोकेको पिकप दुर्घटना हुँदा सल्यान बागचौर नगरपालिका ९ कोटमौला डाँगीगाउँ कमलपोखरीका ३५ वर्षीय गोरख डाँगीकोपनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *