२०८१ चैत्र ६ गते बुधवार

गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग

काठमाडौं,साउन ४ । नेपाल सोसाइटी अफ ओब्सटेटेरियन एण्ड गाइनोकोलोजिस्ट (नेसोग)ले गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग गरेको छ ।

सोमबार नेसोगका अध्‍यक्ष प्रा.डा.गणेश दंगालले विज्ञप्ति जारी गर्दै गर्भवती र स्तनपान गराइरहेका महिलालाई कोरोना खोप लगाउन माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा पनि आगामी दिनमा सरकारले भ्‍याक्सिन दिनका लागि पहिचान समूहहरुमा गर्भवती र स्तनपान गराइरहेका ९दुई वर्षसम्‍मका काखे नाबालक भएका० समेत तत्काल समेट्न र प्राथमिकतामा राख्‍न नेपाल प्रसूती तथा स्त्री रोग विशेषज्ञ नेपाल सरकार तथा स्वास्थ्य जनसख्यउा मन्त्रालयसँग अनुरोध गर्दछ। साथै उहाँहरुको लागि खोप केन्द्रको व्‍यवस्था गर्नुपर्ने सुझाव छ ।’

नरेपालमा पनि विभिन्‍न अध्‍यननहरुमा गर्भवती महिलाहरुमा पनि कोरोना संक्रमण देखाइरहेको र यसले अझै गम्भीर रुप देखाइरहेकोले गर्भमा रहेको शिशुलाई पनि असर गर्न सक्‍ने नेसोगको दाबी छ ।

 

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *